aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल लाइफको लाभांश परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
नेशनल लाइफको लाभांश परिमार्जन

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिवर्तन भएको छ । कम्पनीको यस अघि साउन ३० गतेको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत नगद र २ दशमलव ५ प्रतिशत बोनस शेयर परिवर्तन भएको हो ।

 बीमा समितिले दिएको निर्देशन बमोजिम कम्पनीको मंसिर १७ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस अघि प्रस्ताव गरेको भन्दा कुल लाभांश घटेपनि बोनस दर भने बढेको छ ।

हाल कम्पनीको चुक्तापूँजी  ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । परिमार्जित यो लाभांश वितरणका लागि पनि बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन हुनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस