aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा भित्र्याईदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
सिट्रोन गाडी सन् २०२१ मा नेपालमा भित्र्याईदै

काठमाडौं । नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए, फ्रान्सले आफ्नो  सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ । 

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । 

सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जस मध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी–भ्यान र एसयू भी बहु चर्चित छन । यी मध्ये साँग्रिला मोटर्स प्रालिले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउँदै छ । 

प्रतिक्रिया दिनुहोस