aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय चर्चित कलाकारद्धारा नयाँ पार्टी खोल्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ मंसिर २०७७
भारतीय चर्चित कलाकारद्धारा नयाँ पार्टी खोल्ने घोषणा

नयाँ दिल्ली । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन  । 

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन । 

“हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उनले भने ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उनले धेरैसँग परामर्श गरेका थिए । “मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उनहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,” उनले भनेका छन । 

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गरे । तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस