
काठमाडौं । सिबिआई एल क्यापिटल लिमिटेडले आफ्नो चौधौँ वार्षिक साधारण सभा आज (शुक्रबार) गर्ने तयारी गरेको छ । कम्पनीको कार्तिक १८ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा आज कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा अपरान्ह ११ बजेबाट सुरू हुने भएको हो ।
उक्त साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्न स्विकृती प्रदान गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
प्रतिक्रिया दिनुहोस