aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माउण्टेन इनर्जीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ मंसिर २०७७
माउण्टेन इनर्जीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी  एनआईबिए एसलाई जिम्वेवारी दिएको हो । 

उक्त निर्णयसँगै अब माउण्टेन इनर्जी नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका काम यसबाट हुने छन् । त्यस्तै, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलमार्फत हुने छ । यस कम्पनीले मंसिर १६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस