
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न सातौं वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएकोे हो । २०७६ पुस १२ गतेसम्म शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ ।
सो अवधि पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई यथासिघ्र गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।
कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा भने मंसिर १५ गतेनै सूचीकृत भएको छ । मंसिर १६ गतेदेखि कारोबार योग्य भएको यो शेयर अब भने शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस