aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अधिकृत पूँजी बढाउने प्रस्ताव सहित पुवाखोला–वानहाईड्रोपावरको साधारणसभा पुस १० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ मंसिर २०७७
अधिकृत पूँजी बढाउने प्रस्ताव सहित पुवाखोला–वानहाईड्रोपावरको साधारणसभा पुस १० गते

काठमाडौं । पुवाखोला–वानहाईड्रोपावरको तेस्रो वार्षिक साधारण सभा आगामी पुस १० गते हुने भएको छ । कम्पनीले आयोजना गर्न लागेको साधारणसभा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड भएपश्चातको तेस्रो साधारणसभा हो । 

कम्पनीले विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगरबाट जुम मिटिङमार्फत सभा आयोजना गर्न लागेको हो । सभामा कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।

 साथै वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस