
काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १८ गतेको सञ्चालन समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ । सोही पूजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस