aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार संस्थापक शेयर मंसिर २१ गतेदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ मंसिर २०७७
प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार संस्थापक शेयर मंसिर २१ गतेदेखि विक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ७ लाख ३५ हजार कित्ता शेयर मंसिर २१ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । मंसिर २८ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने यो शेयरको न्यूनतम मूल्य रू. ३५० तोकिएको छ । 

उक्त शेयर खरिद गर्न चाहनेले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल गर्न सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त आवेदन मंसिर २९ गते विहान १० बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय, हात्तिसारमार्ग, कमलादी, काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस