aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ २९ गतेदेखि निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० मंसिर २०७७
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ २९ गतेदेखि निष्कासन हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारण्मा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । यहि मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको एक सय रुपैयाँं अंकित दरका कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामुहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणका लागि ५४ लाख कित्ता भर्न पाउने छन । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओपछि २ अर्ब पुग्नेछ । आइपीओ निष्काशन बन्द छिटोमा पुष २ गते र ढिलोमा पुष १३ गतेसम्म रहने छ । न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्म आवेदन दिन सकिने छ । 

प्रतिक्रिया दिनुहोस