
काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनीको नबौ वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ । कम्पनीले बिहान ११ बजे चिलिमे जलविद्युत कम्पनीको केन्द्रिय कार्यालय धुम्वाराही ,काठमाडौंबाट भर्चुअल माध्यमबाट साधारण सभा गर्ने जानकारी गराएको हो ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ । यस कम्पनीले १ करोड ५० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आयोजना प्रभावित स्थायिन सहित सर्वसाधारणका लागि उक्त आईपीओ कम्पनीले विक्री गर्नेछ ।
प्रतिक्रिया दिनुहोस