
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको पाँचौं वार्षिक साधारणसभा पुस १४ गते हुने भएको छ । कम्पनीले बिहान ११ बजे काठमाडौंको धुम्बाराहीमा सभा बोलाएको हो ।
कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै कम्पनी अकामा होटलबाट भर्चुअलमाध्यममा साधारणसभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा स्थलमा स्वास्थ्य मापदण्ड पालना गरी सीमित शेयरधनीहरुको उपस्थितिमा सभा गर्ने जनाएको छ । तर, सम्भव भएसम्म भर्चुअल माध्यमको नै प्रयोग गर्न सम्पूर्ण शेयरधनीहरुलाई आग्रह गरिएको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष ०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल, लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।
त्यस्तै संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन पनि हुने बताइएको छ । कम्पनीको हालको जारीपूँजी रु ३ अर्बबाट वृद्धि गरी जारीपूँजी रू. ३ अर्ब ३३ करोड २५ लाख पु¥याउँने सम्बन्धमा पनि सभामा छलफल भई पारित हुनेछ ।
प्रतिक्रिया दिनुहोस