
काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १९ गतेको सञ्चालक समितिले आर्थिक वर्ष २०७६÷७७ को लागि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६९ करोड ३३ लाख ७१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस