
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस