
काठमाडौं । मञ्जुश्री फाइनान्सले २३ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २१ गते अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस