
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ गते बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो ।
एक अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयरको १ः०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयर) को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई कम्पनीको हकप्रद निष्कासनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयरहरू आइतबार बाँडफाँड गरिएको कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस