aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज अरुण काबेलीको साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
आज अरुण काबेलीको साधारण सभा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको साधारणसभा आज हुने भएको छ । अरुण काबेलीको १०औं वार्षिक साधारण सभा कम्पनीको सभाकक्ष ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको हो । 

सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गरेको छ । मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस