
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय सस्था र अरुण काबेली पावरको साधारण सभा आज हुदैंछ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडकमा र अरुण काबेलीले कम्पनीको सभाकक्ष थापाथली काठमाडौंमा सभा आयोजना हुने भएको हो ।
दुबै कम्पनीको साधारण सभा बिहान ११ बजे सुरु हुने जानकारी गराएका छन् । आरएमडिसीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । मंसिर ७ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
त्यसैगरी, अरुण काबेली पावरले ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । यस कम्पनीको लाभांश मंसिर ११ गते सम्म कायम शेयरधनीले पाउनेछन् ं।
प्रतिक्रिया दिनुहोस