aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइसीएफसी फाइनान्सले १५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
आइसीएफसी फाइनान्सले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । आइसीएफसी फाइनान्सले यो वर्ष शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ४ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १३ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस