aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २० गते

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले पुस २० गतेको लागि आठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको धुम्बाराही, काठमाडौंको कार्यालयको सभाहलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते आइतवार एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा पुस ९ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस