aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपि पावरको हकप्रद शेयरमा १३ लाखबढी कित्तामा परेन आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
अपि पावरको हकप्रद शेयरमा १३ लाखबढी कित्तामा परेन आवेदन

काठमाडौं । अपि पावर कम्पनीले कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । 

कम्पनीले गत चैत १ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुका लागि १ बराबर शून्य दशमलव ४७ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र माग भए बमोजिम ४३ लाख २३ हजार ७८२ कित्ता शेयर मंसिर २१ गते बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको हो । 

कुल कित्तामध्य १३ लाख ४६ हजार २१८ कित्ता शेयरमा भने आवेदन नपरेको कम्पनीको भनाई छ । पहिलो चरणमा वितरण हुन नसकेको उक्त कित्ता शेयर भने कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । अपिको हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस