
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर आइतबारदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको २ हजार ४ सय २० दशमलव ७० कित्ता र सर्वसाधारणतर्फको २ लाख १८ हजार ९ सय ३९ दशमलव ०३ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस शेयरमा असार ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलकबोल गर्दा शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गर्नुपर्नेछ ।
आवेदकले शेयर खरीदको लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फको लागि न्यूनतम १ हजार कित्ताको लागि र सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो कम्पनीको अन्तिम शेयरमूल्य बिहीबार ३९५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस