aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

वासिङ्टन । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । 

चिनियाँ कम्पनी बाइटडान्समाथि  अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । 

तर संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरु पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ । 

ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनु भएको थियो । तर हालसम्म अमेरिकी कम्पनीहरुसँग संझौताका लागि वार्ताहरु भए पनि निर्णय भइसकेको छैन । एएनआई

प्रतिक्रिया दिनुहोस