aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपीओ विक्रीका लागि दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपीओ विक्रीका लागि दियो निवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्ने प्रकृया अघि बढाएको छ । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  

मंसिर ८ गते कम्पनीले आईपीओ विक्रीको अनुमति माग्दै निवेदन दर्ता गराएको बोर्डले जानकारी दिएको छ । हाल यस बैंकको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. २० अर्ब पुग्नेछ । यस बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस बैंकको जगेडा कोषमा रू. १ अर्ब ८१ करोड ४७ लाख ६ हजार सञ्चित रहेको छ । यो अवधिमा बैंकको नाफा रू. १८ करोड १ लाख १३ हजार छ । कम्पनीको कुल सम्पत्ति रू. १४ अर्ब २३ करोड ४ लाख ४६ हजार छ । प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म रू. ६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस