aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ्ग खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ मंसिर २०७७
फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ्ग खुल्ला

काठमाडौं । जीओ अटोमोबाईल्स प्रालि (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/णी मा नै खेल परिवर्तकको रुपमा आएको थियो ।  

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ । 

सन् २०२१ संस्करण ईकोस्पोर्ट Bharat stage VI (BS-VI) मा आधारित  पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण  मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. Ti-Vct पेट्रोल ईन्जिन समावेश छ । जसले 122 PS power / 149 NM Torque प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड Automatic Transmission मा उपलब्ध छ ।

 ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो BSVI मा आधारित 1.5लि. TDCI डिजल ईन्जिन रहेको छ जसले 100 PS power र 215 NM Torque k प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यस ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ ।  साथै यो Sun roof जडित भेरियन्टमा पनि उपलब्ध छ । 

प्रतिक्रिया दिनुहोस