काठमाडौं, वैशाख ६ । शुक्रबारदेखि जारी साञ्जेन र रसुवागढी जलविद्युत् कम्पनीको आईपीओमा पहिलो दिनमै लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ ।
बिक्री प्रबन्धकका अनुसार शुक्रबार साञ्जेनको २६ प्रतिशत र रसुवागढीको १९ प्रतिशत आईपीओमा आवेदन परेको छ । पहिलो दिन साञ्जेनको २४ हजार आवेदकबाट १३ लाख कित्ता तथा रसुवागढीको २६ हजार ३३४ जना आवेदकबाट १७ लाख ३८ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको छ ।
रसुवागढीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । दुवै कम्पनीको शेयर छिटोमा वैशाख १० र ढिलोमा जेठ ५ गतेसम्म बिक्री खुल्ला हुनेछ ।
प्रतिक्रिया दिनुहोस