aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ मंसिर २०७७
अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५ दशमलव २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर २५ गते बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न पुस ८ गतेका लागि २३ औं वार्षिक साधारण सभा कम्पनीले आव्हान गरेको छ । उक्त सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।  

कम्पनीको सभाकक्ष, ट्रेडटावर थापाथली, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभ भर्चुअल माध्यमबाट सम्पन्न गर्ने तयारी कम्पनीको छ । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्र्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । गत असोज २१ गते बोर्डमा निवेदन दिएको उक्त हकप्रद स्वीकृतिको अन्तिम चरणमा रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख २३ हजार रुपैयाँ छ । साथै सभाले चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण र ९ दशमलव ६ मेगावाट क्षमताको माथिल्लो काबेली २ जलविद्युत आयोजनाका लागि ऋण स्वीकृति समेत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस