aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ड्रागन फ्रुटको बिरुवा वितरण

  • रासस
    रासस
  • विहीबार, २५ मंसिर २०७७
ड्रागन फ्रुटको बिरुवा वितरण

चितवन । चितवनको इच्छाकामना  गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ ।    

उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन  गरिएको थियो ।   

यसैबीच  वडाले १० जना किसानलाई जनही एकरएक वटा  हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी  १० जना किसानलाई उक्त हजारी  निःशुल्क वितरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस