
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ११ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस