
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै पुस २२ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंंसिर २५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दै कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा–२ कमलादी, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
कोभिड महामारीका कारण कम्पनीले सुरक्षा मापदण्डको पूर्ण पालना गरी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि कम्पनीले पुुस ५ देखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस ५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु सभा गर्न र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस