
काठमाडौं । बोटलर्स नेपालका दुबै कम्पनीले साधारण सभा आव्हान गरेका छन् । बोटलर्स नेपाल बलाजुले पुस २३ गते र बोटलर्स नेपाल तराइले पुस २२ गते साधारण सभा आव्हान गरेका हुन् ।
बोटलर्स नेपाल तराइले कम्पनीको रजिष्टर्ड कार्यालय बलाजु औधोगिक क्षेत्र बलाजुमा दिउँसो २ बजे र बोटलर्स नेपाल बलाजुले पनि दिउँसो २ बजे सोही ठाउँमा साधारण सभा आयोजना गर्ने जानकारी दिएका छन् ।
दुबै कम्पनीको सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारीत गर्ने, लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि बोटलर्स नेपाल बालाजुले पुस ९ गते देखि २३ गते सम्म र बोटलर्स नेपाल तराईले पुस ८ गते देखि २२ गते बुक क्लोज गर्ने जानकारी गराएका छन् । दुबै कम्पनीले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस