aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनाइटेड फाइनान्सले यस वर्ष लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ मंसिर २०७७
युनाइटेड फाइनान्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले बिहीवार नेप्सेमा सञ्चालक समितिको निर्णय सार्वजनिक गर्दै लाभांश प्रस्ताव नगरेको जानकारी दिएको हो । 

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितीको बैठकले यस वर्षको लागि लाभांश वितरणको प्रस्ताव नगरेको सुचनामा उल्लेख छ । कम्पनीले वित्तीय अवस्था थप सबल तथा शशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय भएको जानकारी गराएको हो ।  
 

प्रतिक्रिया दिनुहोस