aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशतश बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशतश बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन

 काठमाडौं । सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस शेयर आइतबारसम्म कारोबार गर्नेले मात्र पाउने भएका छन् । सञ्चालक समितिले  प्रस्ताव सहित असार १३ गते वार्षिक साधारण सभा बोलाएको  इन्स्योरेन्सले आइतबार बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बिहीबारसम्म शेयर कायम भएका सदस्यहरुले सभामा भाग लिन र बोनस प्राप्त गर्न सक्नेछन् । 

बीमा समितिले तोके बमोजिम  १ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनका लागि कम्पनीले आकर्षक बोनस शेयरको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी  ५३ करोड ८२ लाख ९१ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात  १ अर्ब १२ लाख २१ हजार रुपैयाँ पुग्नेछ । 

गत चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा रू। ६१ करोड २८ लाख ३२ हजार रहेको छ । सो अवधिमा कम्पनीले  ८ करोड ४८ लाख ९४ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३१ दशमलव ५४ र प्रतिशेयर नेटवर्थ  ३१९ दशमलव ६२ रुपैयाँ रहेको छ । 

यस कम्पनीको अन्तिम शेयर मूल्य बिहीबार बुधबारको तुलनामा ४६ अंक घटेर रू। १ हजार २६८ कायम भएको छ । बिहीबार यो कम्पनीको शेयर अधिकतम  १ हजार ३४९ रुपैयाँ र न्यूनतम  १ हजार २६७ रुपैयाँसम्म कारोबार भएको थियो ।

साधारण सभामा लाभांश सहित सञ्चालक निर्वाचन, वार्षिक प्रतिवेदन पारित , लेखा परिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगाएतका प्रस्ताव तय गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस