
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १२ दशमलव ६३ प्रतिशत लाभांश पुस २४ गते पारित हुने भएको छ । कम्पनीले लाभांश सहित विविध प्रस्ताव पारित गर्न उक्त दिन सातौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६७ करोड १५ लाख २२ हजारको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ६३ प्रतिशत लाभांश सहित विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो । सभा बुटवलमा हुनेछ ।
सभाले लाभांश सहित गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व रहने गरी दुई जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।
कम्पनीको चुक्तापूँजी रू. ६७ करोड १५ लाख २२ हजारदेखि बृद्धि गरी रू. ७३ करोड १९ लाख ५९ हजार पु¥याउने प्रस्ताव पारित गर्दै सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस