aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफको ६० लाख कित्ता आईपीओ बिक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
प्रभु लाइफको ६० लाख कित्ता आईपीओ बिक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनीले मंसिर २९ गते आज (सोमवार)देखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । 

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । प्रभु लाइफको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते अनुमति पाएको हो । कम्पनीले गत असोज १४ गते उक्त आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले रू। ३ करोड ९ लाख २४ हजार खुद नाफा गरेको छ । 

यो रकम गत वर्षको यस अवधिमा रू. १ करोड २२ लाख ९४ हजार थियो । नाफा बृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू। २५ करोड ९७ लाख ९१ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ६१ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीमा १ लाख २० हजार ४६९ बीमालेख कायम रहेको छ । यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको हो ।

यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू.२३ करोड ९१ लाख ७९ हजार रहेको छ भने जीवन बीमा कोषमा रू। १ अर्ब १९ करोड ४९ लाख ८५ हजार रहेको छ ।  

प्रतिक्रिया दिनुहोस