aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा आलु अत्याधिक महँगियो, कस्तो पर्ला नेपालमा प्रभाव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
भारतमा आलु अत्याधिक महँगियो, कस्तो पर्ला नेपालमा प्रभाव ?

काठमाडौं । भारतमा गएको एक वर्ष भित्र आलुको मूल्यमा ११५ प्रतिशत भन्दा बढी वृद्धि भयो । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्दै आएको छ । त्यसैले अहिले भारतमा आलुको मूल्यमा थप बढोत्तरी हुँदा नेपालका हर भान्सामा त्यसको असर पर्ने देखिन्छ । 

भारतिय थोक मूल्यमा महँगाइको स्थाई हेर्दा नोभेम्बरमा मात्रै १.५५ प्रतिशतले वृद्धि भएको देखिएको छ । सम्पूर्ण सब्जीमा देखिएको यो वृद्धिले नेपाली सब्जी बजारसमेत प्रत्यक्ष असर पर्ने हुन्छ ।  

त्यसमा पनि आलुको मूल्यमा मात्रै अत्याधिक वृद्धि भएको भन्ने तथ्यांकले देखाएपछि अब आम नेपालीका प्रत्येक छाक पहिले भन्दा निकै महँगो हेने देखिएको हो । नेपालमा नेपाली आलुभन्दा भारतिय आलु सस्तो मूल्यमा विक्रि वितरण हुँदै आएको छ । तर, अब भारतिय आलु नै महँगो हुने भएपछि नेपाली आलु पनि त्यसको तुलनामा अझ महँगो हुने विश्वास गरिएको छ ।  

हुनत, नेपालको आलु अहिले नै बजारमा आउने बेला भइसकेको छैन । तर, जे जति मात्रामा नयाँ आलु बजारमा देखिन थालेको छ त्यसले नै पनि यो हिउँदमा आलु छोइनसक्नु हुने संकेत गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस