aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'कोभिड बीमाका कारण अर्थतन्त्र चलायमान भएको हो '

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
'कोभिड बीमाका कारण अर्थतन्त्र चलायमान भएको हो '

काठमाडौं । नेपालको अर्थतन्त्र कोभिड बीमा गरेका कारण चलायमान भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले बताएका छन् । सोमबार काठमाडौंमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'कोभिड १९ का कारण सबै जसो क्षेत्र तहन नहस भएको र कुनै पनि क्षेत्रले आफ्नो व्यापार व्यावसाय सञ्चालन गर्न नसकेको बेलामा कोभिड १९ बीमा गराउने अवसर पाएपछि सबै क्षेत्रले व्यवसाय सञ्चालन गर्न आट गरेका हुन ।' 

कोडिभ बीमा कारण विवादमा परेको बीमा समितिले कोभिड बीमा लघु बीमा योजना अन्तरगत सार्वजनिक गर्ने योजना बनाएर ल्याएको भएता पनि उक्त योजना अनुसार जान नसकेकाले समस्या आएको समेत उनले बताए । उनले भने, 'कोभिड बीमा केहि बीमा कम्पनीहरुले लघु बीमा कार्यक्रम अन्तरगतको बीमा कार्यक्रमसँग जोडेर ल्याउने र न्यून आय भएका जनतालाई सामाजिक उक्तरदायित्व अन्तरगत बीमा पोलिसीका रुपमा बीमा समितिले अनुमति दिएको थियो ।' 

काभिड बीमा महिनाको एक करोड तलब खानेहरुले पनि एक लाखको बीमा गरेको प्रसंग ल्याउदै भनेले भने, 'न्यून आय भएका जनतालाई राहत होस भनेर ल्याएको बीमा पोलिसीमा एक करोड तलब खाने व्यक्तिले पनि बीमा लेख खरिद गरेपछि उनलाई एक लाखले के गर्नु थियो । 'बीमा पोलिसी नै बिक्री भइसकेकाले यो बीमा गर्नेले दावी सबैले पाउने विश्वास समेत सोहि कार्यक्रम मार्फत जानकारी उनले जानकारी दिए । 

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले विक्री गरिरहेको सवारी बीमा पोलिसीको दावी उच्च रहेकाले यसबाट कुनै पनि बीमा कम्पनीलाई फाइदा नहुने समेत उनले बताए । उनले भने, निजी सवारी साधनको बीमामा ८० प्रतिशत र सार्वजनिक सवारी साधान तर्फ ९० प्रतिशतसम्म दावी परेकाले निर्जीवन बीमा कम्पनीहरुले यसमा नयाँ नयाँ पोलिसी बनाएर बिक्री नगरे कम्पनीहरुले नाफा कमाउन नसक्ने उनले बताए ।

उक्त कार्यक्रमा शिखर इन्स्योरेन्सले शिखर अटो प्लस बीमा नयाँ पोलिसी समेत सार्वजनिक गरेको छ ।  काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’  आज सार्वजनिक गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका छन।

कम्पनीका संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनी डेपुटी सिइयो दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बीमा योजना सार्वजनिक गरिएको हो ।

शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुबिधा समावेश भएको कम्पनीका सिइओ दीप प्रकाश पाण्डेले जानकारी दिए ।

शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुबिधा समावेश भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) दीप प्रकाश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस