aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माउण्टेन इनर्जी नेपालको आईपीओ सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
माउण्टेन इनर्जी नेपालको आईपीओ सूचीकृत

काठमाडौं । माउण्टेन इनर्जी नेपालको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेले माउण्टेन इनर्जी नेपालको पहिलो कारोबारका लागि प्रतिकित्ता ११४ दशमलव ८१ रुपैयाँ देखि ३४४ दशमलव ४३ रुपैयाँसम्मको मूल्य रेञ्ज तोेकेको छ ।

यस कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरी मंसिर १७ गते बाँडफाँट भएको थियो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ पुगेको छ । 

यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । 


 

प्रतिक्रिया दिनुहोस