aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफको आईपीओमा लगानीकर्ताको आकर्षण उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
प्रभु लाइफको आईपीओमा लगानीकर्ताको आकर्षण उच्च

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिनसम्ममा ६ लाख ७२ हजार ४११ जनाले आवेदन दिएका छन् । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार अपरान्ह साढे ४ बजेसम्ममा यी आवेदकहरुबाट १ करोड ९० लाख ८६ हजार ३४० कित्ता शेयर खरिदको माग भएको हो । कम्पनीले मंसिर २९ गते सोमवारदेखि सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको  ६० करोड बराबरको ६० लाख रुपैयाँ कित्ता आईपीओ मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने  २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । प्रभु लाइफको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस