aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

लकडाउनका कारण २३00 करोड भारु बराबरको घाटा भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
लकडाउनका कारण २३00 करोड भारु बराबरको घाटा भयो

एजेन्सी । भारतमा अटो मोबाइल क्षेत्रले लकडाउनको अवधिमा दैनिक २३०० करोड रुपैयाँ भारु घाटा लागेको छ । भारत संसद्को एक समितिमा बुझाएको रिपोर्टका अनुसार अटोमोबाईल उद्योगले कोरोना संकटको लकडाउन कारण प्रति दिन २३०० करोडको घाटा बेहोरेको बताइएको छ ।  यस क्षेत्रबाट ३.४५लाख जनाले रोजगारी गुमाएका छन् ।

भारतीय वाणिज्य विभागको संसदीय स्थायी समितिको उक्र प्रतिवेदन मंगलबार राज्यसभाका सभापति एम वेंकैया नायडू समक्ष पेश गरिएको छ ।  यस संसदीय समितिका अध्यक्ष तेलंगाना राष्ट्र समिति (टीआरएस) का सांसद केशव राव हुन ।

समितिले आफ्नो प्रतिवेदनमा समाधानका धेरै उपायहरु सुझाव दियो । यसले अटोमोबाइल क्षेत्रमा लगानी आकर्षित गर्न अवस्थित भूमि र श्रम कानूनको सुधारको सुझाव दिएको छ । राज्यसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा भनिएको छ, “समितिले अटो उद्योग संगठनहरूले भनेको थियो । सबै मौलिक उपकरण निर्माताहरूले (ओईएम) ले कम उत्पादन र सवारी साधनको बिक्री घटेको कारण उनीहरूको उत्पादन १८(२० प्रतिशतले घटाएको हो ।“ 

यसका अतिरिक्त उत्पादन कटौतीका कारण रोजगारी पनि प्रभावित भएको थियो । यस क्षेत्रमा लगभग ३.४५ लाखले रोजगारी गुमाएका छन् । प्रतिवेदनका अनुसार २८६ वटा अटो डिलरको काम कोरोना स .्कटका कारण सदाका लागि बन्द भएको छ । यो मात्र होईन, उत्पादनको अभावका कारण अटो सेक्टर पार्ट्स सम्बन्धी उद्योगमा नकारात्मक असर परेको छ । 

प्रतिक्रिया दिनुहोस