aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिनर्जी पावरले विगत तीन आर्थिक वर्षको सयुक्त सभा गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
सिनर्जी पावरले विगत तीन आर्थिक वर्षको सयुक्त सभा गर्दै

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले लाभांश प्रस्ताव सहित वितग तीन आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले पुस २२ गते आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ को १२ औं , १३ औं र १४ औं वार्षिक साधारण सभा बोलाएको हो । 

कम्पनीको मंसिर ३० गतेको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा गर्ने निर्णय गरेको हो । लाभांश सहित तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारणको विषय सभाले पारित गर्नेछ । 

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ९ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस