aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माउण्टेन इनर्जीको शेयर मूल्यमा पहिलो दिन नै सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
माउण्टेन इनर्जीको शेयर मूल्यमा पहिलो दिन नै सर्किट

काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको माउण्टेन इनर्जी नेपालको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशत बढेको छ । नियमित कारोबार प्रतिकित्ता ३४४ रुपैयाँदेखि खुला भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेर ३७८ रुपैयाँ पुगेको हो । 

मंगलवार कम्पनीले १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेले प्रतिकित्ता रू. ११४ दशमलव ८१ देखि ३४४ दशमलव ४३ रुपैयाँसम्मको मूल्य रेञ्ज तोेकेको थियो । सोही मूल्यको आधारमा बुधवार कम्पनीको शेयर कारोबार खुला भएको हो । 

पहिलो कारोबार दिन कम्पनीको शेयर खरिद चाप उच्च देखिएको छ । यो दिन ११ दशमलव ४५ मिनेटसम्मको कारोबार अवधिसम्म कम्पनीको १ लाख ९१ हजार ५९३ कित्ता शेयर खरिद माग रहेको छ । 

यो अवधिसम्म कम्पनीको शेयर विक्री कर्ता भने कोहि देखिएको छैन् । यस कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरी मंसिर १७ गते बाँडफाँट भएको थियो । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । 
 

प्रतिक्रिया दिनुहोस