aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङदी हाइड्रोपावरको बोनस शेयरपश्चात ३० प्रतिशत हकप्रद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
छ्याङदी हाइड्रोपावरको बोनस शेयरपश्चात ३० प्रतिशत हकप्रद

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६ प्रतिशत लाभांश र ३० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै साधारण सभा आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 ५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको आधारमा ३० प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव पनि सभाको लागि तय भएको छ ।

कम्पनीको मंसिर ३० गतेको सञ्चालक समितिको बैठकले पुस २७ गते प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो । सभा भर्चुअल माध्यबाट गर्ने निर्णय पनि कम्पनीले गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएकाले पुुस १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस