aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष

काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।  जारी पूँजी तीन अर्ब बाह्र करोड पचास लाख रुपैयाँ पुँजी मध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु निष्कासन गर्ने तयारीमा रहेको छ ।

त्यस्तै सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार रुपैयाँ  कित्ता शेयर प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले शेयरको मूल्य अक्षेरेपी बैसठ्ठी करोड पचास लाख रुपैयाँ मात्रको शेयर प्रत्याभुती हुने छ ।

 उक्त सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक  रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंसिर ३० गते सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए  । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ । 


 

प्रतिक्रिया दिनुहोस