
काठमाडौं । मधेसबाट काठमाडौं आएर उखु किसानहरु सडकमा रोइरहेका छन् । चार मन्त्रीले एकसाथ चिनि उद्योगीलाई पक्राउ गर्न आदेश दिएर आनन्दले न्यानो सिरकमा गुटमुटीएका छन् ।
तर, सडकमा भोकै जाडोले कामिरहेका किसानको भित्रैबाट चिन्ता कसैलै लिएका छैनन । उता, नेपाली उखु किसानले झै कम मूल्यमा उखु बेच्न बाध्य भारतिय किसानहरु भने आज खुशीले गदगद् छन् ।
भारतिय किसानहरु ठुलो आन्दोलन गर्दै सडकमा बसिरहेकाबेला हाल उखुको मूल्यबारे चिन्तित आफ्ना किसानहरुलाई मोदी सरकारले बुधबार गतिलो उपहार दिएको छ ।
भारत सरकारले ६० लाख टन चिनि निर्यात गर्ने निर्णय बुधबारको क्याबिनेटबाट गरेको छ । साथै, यो व्यापारबाट प्राप्त हुने नाफा किसानहरुलाई बाने निर्णय समेत गरेको छ । जसबाट सिधै ५ करोड किसानको बैंक खातामा पैसा पुग्ने निश्चित भएको छ ।
यसरी उखु किसानलाई राहत स्वरुप खातामै पैसा पठाउने निर्णय भएको त्यहाँका केन्द्रिय मन्त्री प्रकाश जावडेकरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
उनका अनुसार यसबाट किसानहरुले ३५०० करोड भारतिय रुपैयाँ सिधै खातामा पाउनेछन् । यसबाहेक चिनि बेचेर हुने आम्दानीको १८ हजार करोड पनि किसानहरुले नै पाउने छन् ।
अब एक हप्तामा नै त्यहाँका किसानले ५ हजार करोड रुपैयाँ भन्दा बढी राहतमा प्राप्त गर्दैछन् भने यो निर्णयबाट ५ करोड किसानका साथै ५ लाख मजदुरलाई पनि फाइदा हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस