aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एम भि अगष्टा ४ नयाँ मोडल नेपालमा, मूल्य कति होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
एम भि अगष्टा ४ नयाँ मोडल नेपालमा, मूल्य कति होला ?

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभि अगष्टा इटालियन मोटर साइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनी हो । 

नेपाली बजारमा प्रवेश गरेका BRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION), TURISMO VELOVE 800/DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् ।  ८०० सि सि इन्जिन क्षमता रहेको BRUTALE 800RR,DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION)/ DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) मा १४० दजउको पावर र ८७ bhp को टर्क रहेको छ । 

नेपाली बजारमा BRUTALE 800RR को मूल्य ४८ लाख ९० हजार रुपैयाँ रहेको छ र DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) को मूल्य ५९ लाख ९० हजार रुपैयाँ रहेको छ भने DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) को मूल्य ५७ लाख ९० हजार रहेको छ ।

 त्यसै गरी ८००CC को  TURISMO VELOVE 800  ११० bhp को पावर र ८० nm कोटर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्धयस बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ  रहेको छ ।

एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजीप्रयोग गरिएको छ । एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ ।

काठमाडौंको एसजेमोटो, कान्तिपथ मार्फत ग्राहकहरुलाई भेलोसिटी प्रा.लि.ले बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदानगर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस