aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

शुक्रबारदेखि जोर विजोर प्रणाली हट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
शुक्रबारदेखि जोर विजोर प्रणाली हट्ने


काठमाडौं । काठमाडौं उपत्यकामा सावरी साधनमा लागू गरेको जोरविजोर प्रणाली हटेको छ । तीन वटा जिल्ला प्रशासन कार्यालयले कोभिड १९ कोरोना भाइरस रोकथामका लागि भन्दै सार्वजनिक तथा निजी सवारीमा जोर विजोर प्रणाली लागू गरेको थियो । 

सार्वजनिक सवारी साधान सञ्चालनले शुक्रबार जोरविजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएपछि बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सवारीमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन । 

विगतमा भीडभाड कम गर्न जोर(बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिवन्धहरु नभएकाले अब जोर–बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने भन्दै सार्वजनिक यातायात महासंघले विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस