काठमाडौं । मंसिर २९ गतेदेखि सार्वजनिक निष्कासन भएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १० लाख ४४ हजार जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अन्तिम दिन बुधवार साझ ४ः३० बजेसम्म यी आवेदकबाट २ करोड ७७ दाख कित्ता शेयरको माग भएको हो । यो संख्या अन्तिम तथ्याङ्कसम्म घटबढ हुन सक्ने विक्री प्रबन्धकको भनाई छ ।
ढिलो अवधि पुस १३ गते भएपनि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परेकाले विक्री बन्द गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ मध्य ५४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
कुल कित्तामध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस