aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस २४ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ पुस २०७७
महिला लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस २४ मा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । संस्थाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै भिडियो कन्फ्रेन्समार्फत सभा गर्ने निर्णय गरेको हो । यसर्थ कम्पनीले सभामा भाग लिन योग्य सदस्यहरुलाई जुम आईडी र पास कोड उपलब्ध गराउँने व्यवस्था गरेको छ । 

साधारणसभा केन्द्रीय कार्यालय साँगा, काभ्रेबाट विहान ११ः०० बजे जुममार्फत हुने छ । सभाले संस्थामा कायम रहेको जारी पूँजीको ४० प्रतिशत हुन आउँने रकम शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी वित्तीय संस्थाको सञ्चालक समितिलाई प्रदान गर्ने छ । 

त्यस्तै संस्थाले अन्य कुनै एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्ज÷प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई नै वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ । 

प्रतिक्रिया दिनुहोस