
काठमाडौं । ज्योती विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस